अन्तर्वार्ता

‘सरकारसँगको लसपसले चुक्यौं’ - गगन थापा, पूर्व स्वास्थ्यमन्त्री तथा सांसद, नेका

कोरोना संक्रमण नियन्त्रणको सन्दर्भमा प्रारम्भमा संघीय सरकारमा यसको एकल जिम्मेवारी र अधिकार हाम्रो हो, हामीले नै सम्पूर्ण काम गर्नुपर्छ भन्ने चिन्तन देखियो । यो नौलो कुरा थिएन । मुलुक संघीयतामा गइसकेपछि पनि संघीय सरकार जसरी चरम अनुदारतर्फ गैरहेको थियो यो त्यसैको निरन्तरता थियो । कोरोनाकाल प्रारम्भ भइसकेपछि त्यो अझ गहिरो भएर प्रकट भयो ।