सीमा टिप्पणी (२०७७ मंसीर)

सैनिक कूटनीति हावी हुँदै गएको परराष्ट्रनीति - डा. शेखर कोइराला

प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनालको पालामा राजनीतिक र कूटनीतिक तहमा कुराकानी हुनै छाडेको छ । जबकि दुई देशबीच समस्या भएपछि कहीं न कहीं त कुराकानी हुनैपर्छ । राजनीतिज्ञहरूका बीचमा हुने एउटा कुराकानी हो भने अर्को सरकारी संयन्त्रहरू (सहसचिवस्तरीय, सचिवस्तरीय, मन्त्रीस्तरीय) मा हुनुपर्छ । तर पछिल्ला दिनमा राजनीतिक र कूटनीतिक दुवै मोर्चा पनि ठप्प भएको छ । जतिसुकै समस्या भए पनि कुराकानी राजनीतिक र कूटनीतिक तहमै हुनुपर्छ । तर दुर्भाग्य ती दुवै मोर्चा क्षयीकरण हुँदै गएको छ । नेपालको लागि यो गम्भीर विषय हो ।

सैनिक कूटनीति हावी हुँदै गएको परराष्ट्रनीति - डा. शेखर कोइराला
डा. शेखर कोइराला